काठमाडौँ उपत्यकाका १६७ जनामा डेंगु सङ्क्रमण
आइतबार, ०२ असार २०८१, १२ : ४२

काठमाडौँ । काठमाडौँ उपत्यकामा १६७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका १२२ जना, भक्तपुरका २७ जना र ललितपुरका १८ जना गरी काठमाडौँ उपत्यकाका १७२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ७२ जिल्लाका १ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन् । यसमध्ये काठमाडौँ उपत्यकामा १७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म देशभरका १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको छ ।
मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक