यी पाँच जिल्ला डेंगु सङ्क्रमणबाट सुरक्षित

काठमाडौँ । देशभरमा पाँच जिल्ला डेंगी सङ्क्रमणबाट सुरक्षित रहेको छ । जुम्ला, हुम्ला, मुगु,डोल्पा र मुस्ताङ जिल्ला डेंगु सङ्क्रमणबाट सुरक्षित रहेको पाइएको हो ।
इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का देशभरका ७७ मध्ये ७२ जिल्लामा फैलिएको डेंगुबाट ११ सय ७५ जना सङ्क्रमित छन् ।
पाँच जिल्लामा चिसो भएकाले डेंगुबाट सुरक्षित रहेको छ ।‘एडिस एजिप्टाइ’ नामक लामखुट्टे १५ देखि २० डिग्री सेल्सियस तापक्रममा बाँच्न सक्ने क्षमता हुन्छ ।
डेंगु सरुवा रोग हो । ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेले डेंगु लागेका व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोक्दा यो रोग सर्दछ । यो रोग नेपालमा बाह्रैमास देखिए पनि मनसुनमा बढी देखिन्छ ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको छ । मनसुन सुरु भएसँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी