कांग्रेस–एमालेको बहिस्कारपछि काठमाडौँ महानगरको नगरसभा स्थगित
आइतबार, ०२ असार २०८१, १९ : ००

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि नगर सभाको बैठक स्थगित भएको छ ।
आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो ।
कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
आइतबारको बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेट भित्र नाम टिपाउन समय दिए लगत्तै कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका थिए ।
बैठक स्थगित भएपछि मेयर शाहले आक्रोशित हुँदै सामाजिक सञ्जालबाट कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते
-
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
-
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब