घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट
![घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट](https://npcdn.ratopati.com/media/news/hetauda-upmahanagar_U56EBS5CYJ.jpg)
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेको छ । आइतबार बसेको उपमहानगरपालिकाको १५ औँ नगर अधिवेशनमा उपप्रमुख राजेश बानियाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ४३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
आर्थिक मन्दीका कारण हेटौँडा उपमहानगरपालिकाको चालु आर्थिक वर्षको तुलनामा १७ करोड रुपैयाँ घटाएर बजेट ल्याएको हो । उपप्रमुख बानियाँले उपमहानगरपालिकाको आन्तरिक स्रोत तर्फ राजस्व र प्रदेश तथा संघ सरकारबाट प्राप्त हुने अनुदान पनि कम प्राप्त भएकाले बजेटको आकार घटेको बताए । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँको बजेट ल्याएको थियो ।
उपमहानगरपालिकाले खर्च बेहोर्ने स्रोत अन्तर्गत आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ र संघीय सरकारबाट प्राप्त हुने अनुदानबाट १ अर्ब १६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता