पुल बनाउन खनेको खाल्टोमा डुबेका बालक र झरनाबाट खसेका व्यक्तिको शव फेला
_U9kfTqku9E.jpg)
काठमाडौँ । कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव आइबतार सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने ९ वर्षीय गणेश बि.क. शनिबार गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए ।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो ।
त्यस्तै कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव नं. ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । असार १ गते साँझ झरनाबाट व्यक्ति खसेको जानकारी प्राप्त भएपछि खटिएको सुरक्षा फौजले रातको १० बजे उनको शव निकालेको हो ।
त्यसैगरी शनिबार गते सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको खोजी कार्यको लागि नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहितको फौज खटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : उपभोक्ता अदालत गठन, समाजवादी मोर्चाको शक्ति प्रदर्शन
-
प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी
-
नेपाली मूलका विजय पौडेल क्यानडामा बने सांसद पदको उम्मेदवार
-
चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’
-
एघार कर्मचारी भएको कार्यालयलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी
-
गुञ्जिए गुलाम अली, तस्बिरहरू