नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन बालेनको चेतावनी
आइतबार, ०२ असार २०८१, १० : ४४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् ।
३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उनले महानगरको कुनै पनि गतिविधि गोप्य नरहने बताए ।
उनले उनी भन्छन्– काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।
बालेनले थप भनेका छन्–नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चैँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगर पालिकाले गर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईंले प्रयोग गरिरहनुभएको मेकअप कति सुरक्षित छ?
-
एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते
-
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
-
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू