जेनरल चोइको सालिक अनावरण

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तेक्वान्दोका संस्थापक जनरल चोइ होङ हीको पूर्णकदको सालिक एक कार्यक्रमबिच अनावरण गरेका छन् । राष्ट्रिय तेक्वान्दो आईटीएफ एकेडेमीले रामेछापको खाँडादेवी गाउँपालिकास्थित गाल्पामा निर्माण गरेको सालिक सदस्य–सचिव घिसिङले अनावरण गरेका हुन् ।
एकेडेमीले आफ्नै हातामा करिब २५ लाख लागतमा सालिक निर्माण गरेको एकेडेमीका अध्यक्ष रुपसिंह तामाङले जनाएका छन् । चोइको पूर्णकदको सालिक नेपाल बाहेक अन्य कुनै पनि राष्ट्रमा निर्माण नगरिएको अध्यक्ष तामाङले जनाएका छन् ।
‘विश्वको कुनै पनि राष्ट्रमा जनरल चोइको पूर्णकदको सालिक निर्माण गरिएको रहेन छ । नेपालमा पनि यो मात्र एक हो । अन्य राष्ट्रमा अर्धकदको सालिक भने बनाइएको रहेछ । यसको जानकारी आजै हामीले कोरियाको मुख्यालयबाट पनि पायौँ,’– अध्यक्ष तामाङले भने ।
त्यस अवसरमा चोइको पूर्णकदको सालिकको तस्बिर पर्वतारोही प्रकाशराज पाण्डेलाई सातै महादेशका अग्ला हिमशिखरमा पुर्याउने गरी हस्तान्तरण गरिएको थियो । सो अवसरमा सदस्य–सचिव घिसिङ, राखेपका सदस्य अञ्जन धमलालगायतले एकेडेमीमै आयोजित आईटीएफ तेक्वान्दो प्रतियोगिताका विजेता खेलाडीलाई पनि पुरस्कृत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?
-
‘जनै हराएको बाहुन’ भदौमा रिलिज हुने
-
आन्दोलनमा उत्रिएका ग्यास उद्योगीलाई मन्त्रालयले बोलायो छलफलमा
-
नेपालकाे कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउन केपी ओलीलाई विद्या भण्डारीको सुझाव
-
खाना पकाउने तेलले तपाईंको स्वास्थ्यमा कस्तो पारिरहेको छ असर ?