तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै
आइतबार, ०२ असार २०८१, ०९ : २९

दमौली । भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण हुने पुलको शिलान्यास भएको हो ।
भानु नगरपालिका–१ साखेटार र वडा नं ५ ढाँडखोला जोड्ने पुल निर्माणका लागि सङ्घीय सरकारको ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत लगानी रहने छ भने स्थानीय उपभोक्ताले दुई प्रतिशत साझेदारी गर्ने छन् ।
भानु नगरपालिका–५ का वडाध्यक्ष नहकुल अधिकारीले पुलको शिलान्यास गरे । उनका अनुसार रु ७१ लाख ३१ हजार पाँच सय १८ को लागतमा पुल निर्माण हुनेछ । विसं २०८० जेठ ३ गते पुल निर्माणको सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी असार मसान्तसम्ममा निर्माण पूरा गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन युद्धमा मारिएकाहरूबारे के भन्छन् ट्रम्प ?
-
दिल्लीमा युवतीको गोली हानी हत्या
-
बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा