समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्ड विजयी
काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ । शनिबार राति भएको शनिबार राति भएको वर्षाले प्रभावित खेलमा नामिबियालाई ४१ रनले पराजित गरेको हो ।
सुपर एटमा पुग्न अब इंग्ल्याण्डले अष्ट्रेलिया र स्कटल्याण्डको खेलको नतिजामा भर पर्नु पर्नेछ । समूह ‘बी’ को अन्तिम खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई हराएमा इंग्ल्याण्डको अन्तिम आठमा प्रवेश गर्ने छ । ३ घण्टा ढिलो सुरु भएको खेलमा इंग्लिस टोलीलाई भाग्य, मौसम र पिचको साथ मिलेको थियो । एन्टिगुवामा बेलाबेलामा पानी परेको थियो र ओभर घटाइएको थियो ।
नामिबियाले टस जितेर बलिङ रोजेको थियो । इंग्ल्यान्डले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाए पनि डिएलएस पद्धतिमा १२२ बाट १२७ रन बनाएको थियो । जवाफी इनिङ्समा नामिबियाको सुरुवात सुस्त रह्यो र टोलीले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ८४ रन मात्र बनाउन सकेन ।
ह्यारी ब्रुक खेलको प्लेयर अफ द म्याच भए । उनले २० बलमा अविजित ४७ रनको महत्त्वपूर्ण इनिङ खेले । यसैगरी जोनी वेरिस्टोले ३१ रन बनाउँदा मोइन अलीले १६ रन जोडे । त्यस्तै, फिल साल्टले ११ रन बनाउँदा लियाम लिभिङस्टोन १३ रन बनाएर रनआउटको सिकार भए । नामिबियाका रुबेने ट्रम्पलम्यानले २ विकेट लिए ।
जवाफामा नामिबियाका ओपनर मिचेल भान लिंनगेनले २९ बलमा ३३ रन बनाउँदा निकोलस डाभिनले १६ बलमा १८ रनको पारि खेले । यस्तै, डेभिड वाइजले १२ बलमा २७ रनको पारि खेल्दा पनि निर्धारित ओभरमा ३ विकेट गुमाएर ८४ रनमात्रै बन्दा टोलीले जित निकाल्न असफल भयो ।
इंग्ल्याण्डका जोफ्रा आर्चर र क्रिस जोर्डनले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
-
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना, अवस्था गम्भीर
-
सन् २०२४ मा विश्व खेलकुदले जसलाई गुमायो
-
बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य