शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फेवाताल अतिक्रमणका सम्बन्धमा बोल्यो वाइसिएल, दियो कडा चेतावनी

मङ्गलबार, १८ वैशाख २०७५, १९ : २१
मङ्गलबार, १८ वैशाख २०७५

काठमाडौं– नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएलले फेवातालमा भएको  अतिक्रमणका विषयमा आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार सो संगठनको ४ नम्बर प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै फेवाताल अतिक्रमणबारे आएका पछिल्ला समाचारबारे आफ्नो संगठनको गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

वाइसिएलले पछिल्ला वर्ष फेवाताल वरिपरि अतिक्रमण गर्ने काम व्यापक रुपमा भैरहेको जनाउँदै अतिक्रमण भएको क्षेत्र भत्काएर सो ताललाई जलाधार तथा वातावरण संरक्षण क्षेत्र घोषणा गर्न माग समेत गरेको छ । वि.सं. २०१८ सालमा १० वर्ग किलोमिटरमा फैलिएको फेवाताल २०६४ सालसम्म आइपुग्दा ४.०२ वर्ग किलोमिटरमा खुम्चिएको जनाउँदै सो संगठनले अतिक्रमण छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरेको छ । 

संगठनले सर्वोच्च अदालतको आदेशलाई तुरुन्तै पालना गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उक्त आदेश कार्यान्वयन नभए शसक्त आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप