टी-२० विश्वकप
भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द
शनिबार, ०१ असार २०८१, २१ : ३७

फ्लोरिडा । टी–२० विश्वकपमा भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द भएको छ । अम्पायरहरूले दुई पटक निरीक्षण गरेपछि खेल रद्द गर्ने निर्णय गरे।
वर्षाका कारण यो मैदानमा लगातार तेस्रो खेल हुन नसकेको हो । फ्लोरिडामा वर्षाका कारण आजको खेलको टस समेत हुन सकेन ।
फ्लोरिडामा पछिल्लो एक सातादेखि भारी वर्षा भइरहेको छ । टी–२० विश्वकपको इतिहासमा भारतको दोस्रो खेल रद्द भएको छ । सन् २००७ मा भारत-स्कटल्यान्डको खेल पनि रद्द भएको थियो।
पाकिस्तान र आयरल्याण्डबिच समूह ए को अन्तिम खेल आइतबार फ्लोरिडाको यही मैदानमा हुनेछ । तर, दुवै टोली सुपर–८ को दौडबाट बाहिरिसकेका छन् । यस्तो अवस्थामा यो खेल औपचारिकता मात्र हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द