राजेन्द्र महतोद्वारा मधेसी–पहाडी एकता सभा आयोजना
सर्लाही । राष्ट्रिय मुक्ति क्रान्तिले सर्लाहीमा ‘मधेसी–पहाडी एकता सभा’को आयोजना गरेको छ ।
मधेस ब्यूरो र चुरे सिवालिग विशेष ब्यूरोको आयोजना तथा पूर्व मन्त्री रामनरेश राय यादवको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मधेस मुद्दालाई ओझेलमा पार्नका लागि राज्यले मधेस आन्दोलनलाई पहाडी विरुद्धको आन्दोलन भएको भ्रम फैलाएको दाबी गरे ।
यो भ्रमलाई चिर्न र सबै उत्पीडित जाति र समुदायको माग मुद्दा पुरा गराउन मधेसी पहाडी एकता सभाको आयोजना आवश्यक रहेको बताउँदै उनले लोकतान्त्रिक आन्दोलनको कार्यभार पुरा नभएकोले क्रान्ति गर्न आवश्यक रहेको बताए ।
अर्का नेता केशव झाले देशका सबै उत्पीडितहरू अहिलेसम्म छुट्टाछुट्टै सङ्घर्ष गरेकाले कसैले केही प्राप्त गर्न नसकेको बताए । आदिवासी जनजाति, मधेसी, उत्पीडित खस आर्य सबै मिली सङ्घर्ष गर्नुको विकल्प नरहेको उनले बताए । मधेसमा तराई, पहाड, हिमाल सबै भूगोलका बासीहरू बस्ने भएकोले आपसी सद्भाव र सहअस्तित्व स्वीकार गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा तामाङ धेदुङका राष्ट्रिय अध्यक्ष मोहन गोले, राष्ट्रिय मुक्ति क्रान्तिका नेतागण कमला गुरुङ, सुमन सायमी, राजिव झा, बुद्धछिरिङ मोक्तान, जुनतारा पुन मगर, कौशल सिंह कुशवाहा, नेजामुदिन समानी, रमण पाण्डेय, नेरुता मोक्तान , हुसेन खान, विनोद साह, जीवन तामाङ, राजेश यादव लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
लालबन्दीको खेल मैदानबाट सुरु भएको र्याली तरकारी बजार चौकमा पुगी सभामा परिणत भएको थियो । स्थानीय युवा नेता जिगमेला बमजनले कार्यक्रम सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला : ‘घुमौँ मधेसः बुझौँ मधेस’ प्रति विशेष आकर्षण
-
विजय बरालालले छोड्न लागेका हुन् ‘कमेडी दरबार’ ?
-
थाहा पाएसम्म अरूलाई पनि भ्रष्टाचार गर्न दिन्नँ : प्रधानमन्त्री
-
आवासीय चिकित्सकहरूले माइतीघर मण्डलामा धर्ना दिने
-
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमायाले बाजी मारिन्, सचिवमा को–को विजयी भए ?
-
निकट भविष्यमा विश्व व्यवस्थाको नेतृत्व गर्ने चीनको महत्त्वाकाङ्क्षा