पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई किशोर बेपत्ता
शनिबार, ०१ असार २०८१, १९ : ०९

सुर्खेत । पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी शनिबार नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा कालिकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसी रहेको छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार अत्यधिक गर्मी भएपछि उनीहरू पौडी खेल्न गएका थिए । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
-
भारतबाट अब १५ घण्टामा ६०० सय मेगावाट बिजुली आयात हुने
-
‘झिल्को’को अग्रिम टिकट बुकिङ खुला
-
आहारपूरक खाद्य सामग्रीको विक्रीवितरणबारे वाणिज्य विभाग र एनएनसीएबिच छलफल
-
मे दिवसको अवसरमा राजधानीमा र्याली, तस्बिरमा हेर्नुहोस्
-
म्याग्दीबाट ‘माइतीघर’को छायाङ्कन सुरु