लागु औषधसहित तीन जना पक्राउ
काठमाडौँ । बारा, चितवन र पर्सा जिल्लाबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् ।
बाराको निजगढ नगरपालिका-८ स्थित तामागढी गेटबाट अवैध लागु औषध गाँजा करिब १५ किलोग्रामसहित मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने २१ वर्षीय मनोज मोक्तानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको बा.प्र-०३-००५ प ६९१९ नम्बरको मोटरसाइकलका चालक मोक्तानलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै चितवनको रत्ननगर नगरपालिका-१६ खैरेनी टोल बस्ने ३२ वर्षीय अपनु श्रेष्ठलाई अवैध लागु औषध गाँजा ६ किलोग्राम, एनारगन ५ सय ट्याब्लेट र ट्रामाडोल ४ सय ९७ ट्याब्लेटसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पिठुवाबाट खटिएको प्रहरीले उनको घरबाट उक्त लागु औषध फेला पारी पक्राउ गरेको हो ।
यता पर्साको वीरगंज महानगरपालिका-१६ रजतजयन्ति चोकबाट नियन्त्रित लागु औषध नाईट्राभेट ४५ ट्याब्लेटसहित मकवानपुर हेटौँडा उपमहानगरपालिका-१८ फुर्केचौर बस्ने २४ वर्षीय बिशाल थिङ्गलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र लागु औषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
-
नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कोशी प्रदेश सभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
-
काभ्रेमा विश्व युवा सम्मेलन हुँदै