गण्डकी बजेट वक्तव्य : कृषि मन्त्रालयलाई २ अर्ब
शनिबार, ०१ असार २०८१, १७ : ४१

पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा कृषि मन्त्रालयलाई २ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. टकराज गुरुङले कृषि मन्त्रालयलाई २ अर्ब ९ करोड विनियोजन गरेको जानकारी दिए ।
आगामी वर्ष गाँजा खेतीलाई कानुनी प्रक्रिया मार्फत निष्कर्षमा पुर्याउने उनले बताए । यस्तै, प्राङ्गारिक कृषि उत्पादनका लागि २ करोड २३ लाख, अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउन ३ करोड ५२ लाख छुट्ट्याएको छ ।
सरकारले मध्य पहाडी लोकमार्ग अन्तर्गत गोरखाका स्थानीय तहमा बाख्रा विकास कार्यक्रम चलाउन २ करोड २६ लाख विनियोजन गरेको छ भने पशु खोपलाई प्राथमिकता दिएको अर्थमन्त्री गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?