मधेस प्रदेश
मधेस प्रदेशमा सुरु भएन प्रदेशसभा, बजेट भाषण ढिलाइ हुने
शनिबार, ०१ असार २०८१, १७ : १२
जनकपुर । मधेस प्रदेश सरकारमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा ढिलाइ भएको छ । आगामी वर्षको बजेट भाषणका लागि दिउँसो ३ बजेर ५५ मिनेटलाई प्रदेश सभा बोलाइए पनि अझै भाषण सुरु नभएको हो ।
मधेस प्रदेशकातर्फबाट आगामी वर्षका लागि अर्थमन्त्री भरत प्रसाद शाहले ल्याउँदै छन् । तर प्रदेश सभाको बैठक नै सुरु नहुँदा प्रदेशको भाषण ढिलाइ भएको हो । संवैधानिक व्यवस्थाअनुसार सबै प्रदेशले आज बेलुकासम्म आगामी वर्षको बजेट प्रस्तुत गर्नै पर्छ ।
अन्य प्रदेशले आगामी वर्षको बजेट भाषण सुरु गरे पनि मधेस प्रदेशमा भने प्रदेश सभा नै सुरु भएको छैन । यति बेलासम्म कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आगामी वर्षको बजेट भाषण गर्दैछन् । बागमती प्रदेशसभाले पनि बजेट भाषण सुरु गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजकुमार पनि आइपुगे नेपाल, तस्बिरहरू
-
सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता
-
प्रहरीका उच्च अधिकारीको नाम र दर्जा दुरुपयोग गरेर ठगी गर्नेहरू फन्दामा
-
दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने
-
विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै चार्जिङ स्टेसन विस्तारमा निजी क्षेत्रको चासो
-
बक्स अफिसमा शाहिदको बिजोग