अब कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताएका हुन् ।
उनले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाए । नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै महामन्त्री शर्माले कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाली कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउन जोन्छेको योगदान अतुलनीय रहेको बताए । उनले कांग्रेसलाई जिल्लामा एक ढिक्का बनाएर अघि बढाएका कारण अहिले भक्तपुर जिल्लामा पार्टी पहिलो बन्न सफल भएको जिकिर गरे ।
प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निःसहायलाई पढाउन छात्रवृत्तिकोष विस्तार गरी त्यसमा रु पाँच लाख थपिने जानकारी दिइन् । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जोन्छेलगायत सहिदले पार्टीका लागि पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा मेधा माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई रु १२ हजार र सुवर्णेश्वर आधारभूत विद्यालयका दुई छात्रालाई जनही रु आठ हजार छात्रवृत्ति प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा