कर्णाली प्रदेश
कर्णालीका कुन मन्त्रालयलाई कति बजेट ?
शनिबार, ०१ असार २०८१, १६ : ४४

सुर्खेत । कर्णालीका अर्थमन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्षका लागि भौतिक तथा सहरी विकास मन्त्रालयलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।
उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १० अर्ब ४६ करोड विनियोजन गरिएको बताए । यस्तै सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ७२ करोड विनियोजन गरिएको छ ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ । कानुन मन्त्रालयलाई आगामी वर्षका लागि २९ करोड ६४ लाख विनियोजन गरिएको छ ।
भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि १ अर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९४ करोड विनियोजन गरिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकको आवश्यकता बजेटबाट सम्बोधन गर्नुपर्छ : मन्त्री काफ्ले
-
शाखा अधिकृतको ‘अनधिकृत’ पत्रले रेशम चौधरी झण्डै ५ घण्टा थुनामा
-
एकीकृत समाजवादीका शीर्ष नेताले बुझाए प्रधानमन्त्रीलाई मागपत्र, के के छन् मागहरु ?
-
कांग्रेस सभापति देउवालाई भेटे चौथाइवालेले
-
‘फेक पत्र’ले पक्राउ परेका रेशम चौधरी रिहा
-
नायिका पन्तलाई प्रधानमन्त्री ओलीको ढाडस– स्वतन्त्रताको झन्डा उठाउने थुप्रै छन्