ऋतिकसँग डेट गर्दा आफूले काम नपाएको सबाको गुनासो
मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र सबा आजाद बलिउडको चर्चित जोडीको सूचीमा पर्छन् । तर साबाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट सेयर गर्दै साढे दुई वर्षदेखि काम नपाएको बताएकी छन् ।
उनले ऋतिकसँग डेट गरेपछि कुनै भ्वाइस ओभरको काम नपाएको खुलासा गरेकी हुन् । अभिनेत्रीले यसैसँग सम्बन्धित एक पोस्ट सेयर गर्दै आफूले कस्तो समस्याको सामना गर्नुपरेको बताएकी छिन् ।
स्टोरी सेयर गर्दै साबाले लेखेकी छिन्,
‘म आफ्नो काममा फर्किएँ । करिब दुई वर्षपछि भ्वाइस ओभर गर्दैछु । तर, म दुई वर्षपछि मात्र किन फर्केँ भन्ने कुरा बताउँदै छु । तपाईं मध्ये कसैलाई थाहा हुन सक्छ र कसैलाई थाहा नहुन सक्छ। म धेरै वर्ष भ्वाइस आर्टिस्टको रूपमा काम गरिरहेको थिएँ। मैले १ सयभन्दा बढी विज्ञापनहरूको लागि डब गरेको छु। मलाई भ्वाइस डबिङ गर्न असाध्यै मन पर्छ ।
धेरै राम्रा निर्देशकहरूसँग धेरै विज्ञापनहरूमा काम गर्ने मौका पाएँ। साढे दुई वर्षअघि महिनामा ६ देखि ८ भ्वाइस आर्टिस्ट को काम आउँथ्यो । अहिले एउटा पनि उपलब्ध छैन । हो, तपाईंले सहि सुन्नुभयो।
एक दिन म ब्युँझिएँ र महिनौँदेखि कुनै काम नगरेको महसुस गरेँ । ती महिनाहरू कहिले वर्षमा परिणत भए पत्तै भएन । मैले कुनै कामलाई कहिल्यै अस्वीकार गरिनँ । मैले काम गर्न चाहन्न वा काम छोड्दैछु भनेर कहिल्यै भनिनँ । त्यसोभए के त्यस्तो भयो कि मैले काम गर्न छोडे? मलाई के भइरहेको थियो थाहा थिएन।
एक दिन मैले एकजना पुराना निर्देशकलाई भेटेँ जससँग मैले पहिले काम गरेको थिएँ। मैले उहाँलाई सोधेँ किन मलाई काममा बोलाइरहनुभएको छैन । उहाँले दिनुभएको जवाफले म छक्क परेँ ।
उहाँले मलाई भन्नुभयो- तिमी जीवनमा कहाँ छौ, हामीले किन भ्वाइस ओभरको काम गर्न चाहन्छौ भन्ने सोच्यौँ । उनको स्पष्ट अर्थ के थियो कि म एक प्रसिद्ध व्यक्तिसँग डेट गर्दैछु। त्यस पछि मैले यो काम किन गर्ने ? जब यस्तो रचनात्मक, बौद्धिक संसारमा हुर्केका मानिसले यस्तो सोच्न सक्छ, मैले बुझेँ कि बाँकी संसारले के सोचिरहेको हुनुपर्छ। मलाई कामको आवश्यकता छैन किनभने म एक प्रसिद्ध व्यक्तिसँग डेट गर्दैछु।
हामी कुन समाजमा बाँचिरहेका छौँ, जहाँ आज पनि मानिसहरू सोच्छन् कि सफल पुरुषसँग डेट गरेर काम गर्नुपर्दैन? उसले तपाईंको बत्तीको बिल र खानाको बिलको हेरचाह गर्नेछ। त्यसैले मैले मेरो करियर गुमाए, जुन मलाई धेरै मनपर्थ्यो। किनभने मानिसहरूले मलाई अब काम चाहिँदैन भन्ने ठान्छन्।
म फेरि पनि सबैलाई भन्छु कि मैले काम छोडेको छैन। विज्ञापन निर्माताहरू, तपाईंले पनि यो बुझ्नुपर्छ र आफ्नो सोच परिवर्तन गर्नुपर्छ। मलाई मेरो काम मन पर्छ र म अझै पनि भ्वाइस ओभर गर्न चाहन्छु।
ऋतिक र सबाको डेटिङको अफवाह फेब्रुअरी २०२२ मा सुरु भयो जब अभिनेता उनीसँग डिनर डेटमा देखिए। पछि साबा ऋतिकको परिवारसँग धेरै पटक देखिएकी थिइन् । दुवै जना करण जोहरको ५० औं जन्मदिनमा पनि सँगै गएका थिए । ऋतिक र सबाबिच १७ वर्षको अन्तर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दश वर्षदेखि डायलसिसको सहारामा बाँचिरहेकी स्मृति
-
कृषिको विकासका लागि तिनै तहका सरकारको सामूहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड
-
युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष
-
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
ब्राजिलमा निजी विमान दुर्घटना : पाइलटसहित उनको परिवारका १० जनाको मृत्यु
-
रवि लामिछाने लगायतविरुद्ध परेको मुद्दामा आजदेखि थुनछेक बहस