सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश : अर्थमन्त्रीले नयाँ बजेट प्रस्तुत गर्दा लगाए कर्णालीकै कोट

शनिबार, ०१ असार २०८१, १६ : १४
शनिबार, ०१ असार २०८१

सुर्खेत । कर्णाली प्रदेशका अर्थमन्त्री महेन्द्र केसीले नयाँ बजेट प्रस्तुत गर्ने क्रममा कर्णालीमै उत्पादन भएको अल्लोको कोट र कर्णालीमै निर्माण भएको झोला प्रयोग गरेका छन् । शनिबार आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दा उनले स्थानीय कोट र झोला प्रयोग गरेका हुन् । 

mahendra-kc2

अर्थमन्त्री केसीले प्रयोग गरेको कोट कर्णालीमै उत्पादन भएको अल्लो र बजेट भाषणको पुस्तिका बोक्ने झोला पनि कर्णालीकै स्थानीय उद्योगमा निर्माण भएको हो ।  उनले प्रयोग गरेको झोला स्थानीय व्यापारी उदिराम डाँगीको उद्योगमा निर्माण भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप