बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
बालकथा

किसनलाई जिस्क्याउने केटाहरू

शनिबार, ०१ असार २०८१, १६ : ०६
शनिबार, ०१ असार २०८१

एउटा देशमा किसन नाम गरेका केटा थिए । उनको बाबा र मामुले उनलाई एउटा नयाँ विद्यालयमा एड्मिसन गराइदिएका थिए । त्यो विद्यालयमा धेरै धनी विद्यार्थी केटा पढ्दै थिए । ती केटाहरूले किसनलाई जिस्क्याउन थाले । उनको राम्रो कपडा छैन, गाडी छैन, पैसा छैन भनेर गिज्याउँथे । 

एक  दिन किसनलाई सबै विद्यालयको अगाडि उनको बेइज्जत गरे, तैपनि उनलाई धेरै रिस उठेन । उनलाई धेरै रिसलाई कन्ट्रोलमा राख्न आउँथ्यो । उनी धेरै खुसालु थिए । त्यो भएको देखेर उनी दुःखीचाहिँ भए । उनलाई एक दिन ती केटाहरूले आमाबुबा नभएको केटा भने । ओहो ! आमाबुबा छुट्टिएको टुहुरो केटा भन्दै गिज्याए, किनभने उनको आमाबुबाको डिभोर्स भएको थियो । 

कुनै दिन किसनका बुबा र आमा परामर्शदाताकहाँ गए । 

त्यहाँका डाक्टरले भने— म तपाईंहरूलाई एउटा मात्र प्रश्न सोध्छु, त्यसको उत्तर दिनुहोला । डाक्टरले सोधे कि के तपाईंको बच्चा तपाईंले गरेको क्रियाकलापमा खुसी छन् होला त ? 

आमा र बुबाले भने— छैनन् । 

डाक्टरले भने— तपाईंको बच्चाको भविष्य कस्तो हुन्छ, सोच्नुस् त ! 

डाक्टरले यस्तो भनेपछि दुवैलाई लाग्यो— हाम्रो बच्चाको भविष्य सुधार्नु छ भने हामी मिल्नुपर्छ । 

रुने केटाहरूले भने— हामीलाई माफ गर किसन ! तिमीजस्तो असल साथीलाई हामीले चिनेका रहेनछौँ । बरु हामीलाई पनि भन न तिम्रो बुबाआमा कसरी मिल्नुभयो ?

बाबा र मामु मिलेपछि किसन पनि खुसी भए । त्यसपछि भोलि ती गिज्याउने केटाहरू किसनलाई गिज्याउन फेरि आए ।

किसनका बाआमा मिलेको थाहा पाएर ती केटाहरू अलमलमा परे । किसनले उनीहरुलाई भने— बुबाआमा छुट्टिँदा साँच्चिकै मलाई नरमाइलो लाग्थ्यो, त्यसमाथि तिमीहरुले जिस्क्याउँथ्यौँ, झनै नरमाइलो लाग्थ्यो तर आज म खुसी छु किनकि मेरा बुवाआमा मिल्नुभएको छ । 

ती गिज्याउने केटाहरूमध्ये केही केटाहरूको आमाबुबा पनि झगडा गर्दागर्दा छुट्टिएका रहेछन् । किसनका कुराले उनीहरु धुरुधुरु रुन थाले । 

किसनले उनीहरूलाई गिज्याएनन् । उनले हात मिलाएर र अँगालो हालेर उनीहरुलाई सहानुभूति दिए ।

रुने केटाहरूले भने— हामीलाई माफ गर किसन ! तिमीजस्तो असल साथीलाई हामीले चिनेका रहेनछौँ । बरु हामीलाई पनि भन न तिम्रो बुबाआमा कसरी मिल्नुभयो ?

किसनले सबै कुरा बताए र भोलिपल्ट उनीहरूको बाबामामुलाई ती डाक्टरकहाँ लिएर गए । डाक्टरले बाआमाहरुलाई सम्झाउँदा किसन र साथीहरु बाहिर बसेका थिए । सबैका बुबाआमाहरू डाक्टरको ढोकाबाट निस्किएपछि आ–आफ्ना छोराछोरीलाई भने— हामीले डिभोर्स गर्दैनौँ छोरा । 

त्यसपछि उनीहरुले किसनलाई धेरै धन्यवाद । उनीहरू र किसन सधैँका लागि राम्रा साथी भए ।  

(न्यू होराइजन सेकेन्डरी स्कुल)

कक्षा : ६, बुटवल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुश्रुतराज न्यौपाने
सुश्रुतराज न्यौपाने
लेखकबाट थप