सुमिनाका तीन कविता
१) विषम परिस्थिति
सर्वत्र निराशा छ यहाँ
दुःख दुःखसँग आलाप गरिरहेछ !
वेदनाको भाषा रोजेर
निराशा नै निराशा हिँडेको छ
लगाउँदै युगभरि विडम्बनाका सुस्केराहरू... ।
सल्किन खोज्दाखोज्दै क्षणभरमै
किन निभ्छन् ऊर्जाका मसालहरू ?
उड्न खोज्दाखोज्दै काँपेर
किन पछारिन्छन् आकाङ्क्षाको आकाशबाट
अचानक स्वतन्त्रताका सपनाहरू ?
चिच्याउन खोज्दाखोज्दै नेपथ्यमै
किन विलीन भइजान्छन् क्रान्तिका आवाजहरू ?
लेख्न खोज्दाखोज्दै किन मेटिन्छन्
विद्रोहका अक्षरहरू ?
लड्न खोज्दाखोज्दै कुन त्रासमा
झुकिजान्छन् आँखाहरू ?
मुस्कुराउन खोज्दाखोज्दै
किन मलिन हुन्छन् ओठहरू ?
देशबाट गणतन्त्रको डोर खिचेर
कसले चलाइरहेको छ शासनको नाममा
भयानक निराशाको खुलेयाम दोकान ?
किन यति फितलो छ सुशासन ?
उर्फ, अराजक व्यवस्था !
न्याय हराएको त अन्तराल भयो
अन्यायले थिचिएर रोएका छन् निमुखाहरू !
हत्या, हिंसा, बलात्कार, लुटपाट
किन बनेको छ समाजको दैनिकी ?
चौतर्फी अस्थिरता,
लथालिङ्ग छ देशको हालत !
साथी ! मैले धेरै प्रयास गरेँ—
यो अस्थिरता र भद्रगोल चिरेर
यी जटिल प्रश्नहरूको फेदबाट
आफ्नो कवितामा जसरी पनि
देशको सुन्दर मानचित्र उतारुँ !
तर, भागिदिन्छन् शब्दहरू
अदृश्य बनिदिन्छन् विम्बहरू !
दिग्भ्रमित बनिदिन्छन् अक्षरहरू,
दुरुस्त यो देशजस्तै गरी
भड्किदिन्छन् भावहरू !
अहो ! कोलाहल र भद्रगोल परिस्थिति चिरेर
आफूलाई एकाग्र गर्नु पनि
मुस्किल घडी पो रहेछ !
ए साथी ! यो विषम परिस्थितिमा
एक सक्षम कवि बन्नु पनि
आफैँमा जटिल समस्या रहेछ !
२) हुन सक्छ फेरि दास विद्रोह
उहिले उहिले
घर–घरमा मालिक हुन्थे, दास हुन्थे !
टोल–टोलमा मुखिया हुन्थे, रैती हुन्थे !
आधुनिक मालिकहरू
प्रमोसन भएर सिंहदरबार पुगेका छन्
दासहरू रैती भएका छन्
रैतीहरू जनता भएका छन् !
आजभोलि मालिकहरू
मन्त्री कहलिन्छन्, सांसद कहलिन्छन्
स्ट्रक्चर उही छ
शासन र शोषणको प्रक्रिया फेरिएको छ !
मालिकहरूको प्रभुत्व उस्तै छ
जनजीवन सत्ताको गोडामुनि थिचेर
दास बनाइएको छ !
यहाँ सबथोक फेरिएको छ
तर, सबथोक उस्तै छ !
तर, आजभोलि
यी आधुनिक मालिकहरू
इतिहास बिर्सिएका छन्
उनीहरूलाई थाहा छैन
अत्याचारको चरम रेखाले
सधैँ पुकारिरहन्छ विद्रोह !
दासहरूको फेहरिस्तबाट
जन्मन्छन् स्पार्टाकस
जन्मन्छन् ग्लाडियटर ।
लड्छन् मालिकका विरुद्ध
उन्मुक्तिको युद्ध !
हुन सक्छ फेरि ‘दास विद्रोह’ ।
आधुनिक मालिकहरू
शाश्वत इतिहास बिर्सेका छन् !
३) टक्कर
कोमलता
सुन्दरता सहनशीलताको पर्याय
बेजवान भएर पनि
मौनतामै निशब्द
आफूलाई चँुड्न खोज्ने हातहरूलाई
काँडाको सहायताले
प्रतिकार गर्न सक्ने यी निर्दाेष फूलहरू ।
परस्पर शान्ति खलबल्याई
दुरुपयोग गर्दै
आफ्नो अस्तित्वसँग खेल्न खोज्नेहरूलाई
पाठ पढाउन
अरुलाई पोल्न स्वयं आफैँ
जल्न तयार हुने
यो विद्रोही आगो ।
निर्जीवताको उपहास गर्दै
आफ्नो शक्ति प्रदर्शन गर्नकै खातिर
टुक्र्याउन खोज्नेहरूलाई
स्वयं आफू फुटेर पनि
अरुलाई फुटाउने सामथ्र्य राख्ने
यी बलवान् पत्थरहरू ।
अक्सर अँध्यारोमा खिलखिलाउने
रातको साम्राज्य
अँध्यारोको खेतीविरुद्ध
आकाशबाट प्रकाश बाँड्ने
यी रातमा उदाउने
चम्किला जुन ताराहरू ।
हो आजकल यी सबै
मलाई मैजस्तै लाग्छन् ।
खै किन–किन मेरै टक्करका लाग्छन् !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्स्पेक्टर बिनु शाहीको थुनछेक सकिएन
-
रवि लामिछानेविरुद्ध मुद्दा दायर भएपछि प्रहरीले संसद् सचिवालयलाई पठाएको पत्रमा के छ ?
-
संघर्षशील सहकारीको ठगी आरोपमा २ जना पक्राउ
-
सवा पाँच महिनामा सरकारले पायो २ खर्ब २ अर्ब ४० करोड वैदेशिक सहायता
-
एलओडीमा जनकपुर बोल्ट्सको ‘भिक्ट्री सेलिब्रेसन’, तस्बिरहरू
-
सुरक्षित कारोबार संशोधन विधेयक : प्रकाशशरणको ‘डिफेन्स’ले अर्थ र कानुन मन्त्रालयका कर्मचारीलाई हाइसञ्चो !