विराटनगरका सडकमा सौन्दर्यीकरण अभियान

मोरङ । विराटनगरलाई सुन्दर सहरका रुपमा विकास गर्ने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाको आज शुभारम्भ गरिएको छ । महानगरपालिका प्रमुख नागेश कोइरालाले विराटनगर–६ र ९ स्थित भट्टीचोकमा रहेका डिभाइडरको बीचमा आज फूलको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् ।
महानगर प्रमुख कोइरालाले रोपिएका फूल एवं बिरुवा संरक्षणका लागि नगरवासीलाई आग्रह गर्दै आगामी दिन थप अन्य क्षेत्रमा सौन्दर्यीकरण अभियान सञ्चालन गरिने र यसलाई नगरको गहनाका रुपमा लिनुपर्ने बताए ।
महानगरमा रहेका वित्तीय संस्थाको सहयोगमा वरगाछीदेखि रानीसम्म पाँच किलोमिटर क्षेत्रमा रु ५५ लाखको लागतमा आगामी एक वर्षभित्र ४६ वटा मिडियम (डिभाइडर) सडक सौन्दर्यीकरण अभियान सम्पन्न गरिने अभियान उपभोक्ता समितिका अध्यक्ष बेनीगोपाल मुण्दडाले जानकारी दिए ।
मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र महानगरकी उपप्रमुख शिल्पा कार्कीले नगर क्षेत्रलाई हराभरा बनाउन यस कार्यले मद्दत पुगेको बताए । फूल र बिरुवाको सुरक्षाका लागि तारजाली लगाउन, फूल रोप्ने ठाउँमा खाल्डो खन्ने, मल लगाउनेलगायत कार्य सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक