कटहरीमा वाईसीएलको स्वास्थ्य शिविर

विराटनगर । माओवादी केन्द्र निकट याेङ कम्युनिस्ट लिग (वाईसीएल)ले माेरङकाे कटहरी चोकमा स्वास्थ्य शिविर आयोजना गरेको छ । वाईसीएल कटहरी गाउँ कमिटीको आयोजनामा भएको शिविरमा ६० भन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् ।
शनिबार बिहान ८:०० बजेदेखि ११:३० बजेसम्म सञ्चालन भएको शिविरमा सिफा पाेलिक्लिनिक एण्ड डाईग्नाेष्टिक सेन्टर विराटनगरले प्राविधिक सहयोग गरेको वाईसीएल कटहरीका सहसचिव आर्यन स्वर्णकारले जानकारी दिए । शिविरमा सुगर, थाईराईड, प्रेसरलगायत जाँच भएको थियो । शिविरमा स्वास्थ्य जाँच गर्दा कुनै रोग देखिएमा अवस्था अनुसार निःशुल्क औषधि उपलब्ध गराउने उनले बताए ।
स्वास्थ्य शिविरमा वाईसिएल मोरङ इन्चार्ज दीपक आलेमगर, अध्यक्ष याेगेन निङ्लेकु, सचिव मोहम्मद रेहान, वाईसीएल जिल्ला सदस्य तथा कटहरी ३ वडाध्यक्ष दिपेश कामत, वाईसीएल जिल्ला सदस्य अवधेश राय, कटहरी अध्यक्ष निराजन राय, सचिव शेक कविर अलिका साथै वाईसीएल कटहरी गाउँ कमिटीका सदस्यहरूको उपस्थिति थियो ।
शिविरलाई स्थानीय समाजसेवी सीता साह र अम्बिका साहले सहयोग गरेका थिए । मधेस आन्दोलनका क्रममा सहिद भएका निर्मल राजवंशी र राजकुमार कामतको सालिकमा माल्यार्पण गरेर शिविर सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल