लोक सेवालाई समयसापेक्ष बनाउन उपराष्ट्रपतिको सुझाव

काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहाय यादवले लोक सेवा आयोगले परीक्षण विधिहरूमा समयसापेक्ष सुधार र परिष्कृत गर्दै लैजानुपर्ने बताएका छन् ।
शनिबार लोक सेवा आयोगको ७४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रूपमा सधैं आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘लोक सेवा आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रूपमा सधैँ आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्छ । सो जिम्मेवारी सहितको काममा आयोग सफल भएको पनि छ ।’
आयोग योग्यताका सबै तत्त्वहरू पूर्वानुमान हुने गरि आफ्नो परीक्षण विधिहरूमा समयसापेक्ष सुधार र परिष्कृत गर्दै अघि बढ्नुपर्छ । यसले उत्कृष्ट कर्मचारीको छनोटमा टेवा पुग्छ । मुलुकमा सुशासन कायम गर्ने मूल मर्मसहितको मार्गमा विचलित हुनुहुँदैन ।’
आयोगले कर्मचारी भर्ना प्रक्रियालाई वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीहरूको सामना गर्नेगरि समयानुकूल बनाउनुपर्ने साहले बताए ।
उनले अघि भने, ‘आयोगले गर्ने भर्ना छनोटको उद्देश्य वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीहरूको सामना गर्न सक्ने सबै खालको परिवर्तनलाई कुशल व्यवस्थापन गर्न सक्ने दक्ष, सक्षम र उत्कृष्ट जनशक्ति सरकारी सेवामा प्रवेश गराउनु आजको आवश्यकता छ । आयोगले संघीयता अनुरूप समावेशी समूह तर्फ उम्मेदवार छनोट प्रक्रियालाई समयसापेक्ष परिष्कृत गर्दै यी समूहबाट थप उम्मेदवार सफल हुन सक्ने गरि कार्यसम्पादन गर्न आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन