बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

नेट रन रेटको खेलमा फसेको इंग्ल्यान्ड भर्सेस नामिबिया

शनिबार, ०१ असार २०८१, १४ : २६
शनिबार, ०१ असार २०८१

काठमाडौँ । टी–२० विश्वकपको ३४ औँ खेल इंग्ल्यान्ड र नामिबियाबिच हुँदैछ । यो खेल शनिबार साँझ सर भिभियन रिचर्ड्स स्टेडियममा राति १०:४५ बजे सुरु हुनेछ ।

यो खेल जितेर इंग्ल्यान्डले सुपर–८ मा पुग्ने दाबी बलियो बनाउने प्रयास गर्नेछ । तर, सुपर–८ मा पुग्न इंग्ल्यान्डले १६ जुनमा हुने अस्ट्रेलिया र स्कटल्यान्डको खेलको नतिजा पर्खनुपर्नेछ ।

यस टी–२० विश्वकपको पहिलो खेल इंग्ल्यान्डले स्कटल्यान्डसँग खेलेको थियो । जुन वर्षाका कारण रद्द भएको थियो । यसपछि दोस्रो खेलमा इंग्ल्यान्ड अस्ट्रेलियासँग ३६ रनले पराजित भएको थियो ।

त्यसपछि इंग्ल्यान्डले १४ जुनमा ओमानसँगको खेलमा कीर्तिमानी जित दर्ता गर्‍यो । इंग्ल्यान्डले टस जितेर बलिङ रोज्दै ओमानलाई ४७ रनमा अलआउट गरेको थियो । जवाफी इनिङ्समा इंग्ल्यान्डले ३.१ ओभरमा ४७ रन बनाउँदै विजयी भएको थियो ।

यो नतिजापछि इंग्ल्यान्डको रन रेट बढेको छ । जुन अहिले स्कटल्यान्ड भन्दा राम्रो छ। ओमानको खेलअघि इंग्ल्यान्डको रन रेट -१.८ थियो, जुन अहिले +३.०८ भएको छ भने स्कटल्यान्डको रन रेट अहिले +२.१६ छ । तर, स्कटल्यान्डको हाल ५ अङ्क छ र समूह बीमा दोस्रो स्थानमा छ भने इंग्ल्यान्ड ३ अङ्कसहित तेस्रो स्थानमा छ ।

  • इंग्ल्यान्ड कसरी सुपर–८ मा पुग्छ ?

यदि दुई पटकको च्याम्पियन इंग्ल्यान्डले सुपर–८ मा पुग्ने हो भने नामिबियालाई हराउनुपर्छ । जसका कारण यसको अङ्क स्कटल्यान्डको बराबर हुनेछ अर्थात् इङ्ल्यान्ड र स्कटल्यान्डको ५/५ अङ्क हुनेछ । त्यसपछि १६ जुनमा हुने खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई हराउनुपर्नेछ, जसको सम्भावना निकै उच्च छ । यदि यसो भयो भने इंग्ल्यान्ड राम्रो नेट रन रेटका कारण सुपर ८ मा पुग्ने छ । समूह बी बाट अस्ट्रेलिया यसअघि नै सुपर ८ मा छनोट भइसकेको छ ।

england

तर यदि स्कटल्यान्डले अस्ट्रेलियालाई हराउँछ वा यी दुई बिचको खेल वर्षाले रद्द हुन्छ भने यस्तो अवस्थामा स्कटल्यान्ड सुपर ८ मा पुग्नेछ र इंग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिने छ ।

इंग्ल्यान्ड र नामिबियाले अहिलेसम्म कुनै पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । यस विश्वकपमा दुवै टोलीले अहिलेसम्म ३–३ खेल खेलेका छन् । जसमा नामिबियाले १ खेलमा जित र २ हार बेहोरेको छ भने इंग्ल्यान्डले १ जित, १ हार बेहोरेछ भने १ खेल निष्कर्षविहीन भएको छ ।

नामिबिया यो विश्वकपबाट बाहिरिएको छ । यस्तो अवस्थामा टोली इंग्ल्यान्डलाई हराएर यो प्रतियोगितामा ठूलो अपसेट बनाउन चाहन्छ ।

सर भिभियन रिचर्ड्स स्टेडियमको पपिच बलरहरूको पक्षमा हुन्छ। यस रंगशालामा बलरहरूलाई बाउन्स र टर्न प्राप्त हुन्छ । १४ जुनमा ओमान विरुद्धको खेलमा इंग्ल्यान्डका स्पिनर आदिल राशिदले ११ रन दिएर ४ विकेट लिए । यस्तो अवस्थामा टस जित्ने टोली रनचेज गर्न चाहन्छ ।

मौसम रिपोर्ट

सर भिभियन रिचर्ड्स स्टेडियम, नर्थ साउन्ड, एन्टिगुआमा आज वर्षाको सम्भावना २० प्रतिशत छ। खेल हुने पूर्ण सम्भावना छ।

namibia

  • सम्भावित टोली

नामिबिया: गेराड इरास्मस (कप्तान), निको डेभिन, माइकल भान लिङ्गेन, जान फ्रिलिन्क, जेजे स्मिट, डेभिड विसे, जेन ग्रीन, रुबेन ट्रम्पेलम्यान, बर्नार्ड स्कोल्ट्ज, ज्याक ब्रासेल, बेन शिकोंगो।

इंग्ल्यान्ड: जोस बटलर (कप्तान र विकेटकिपर), फिल साल्ट, विल ज्याक्स, जोनी बेयरस्टो, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङस्टोन, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदिल रशिद र मार्क वुड।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप