६ महिनापछि अघि बढ्यो सेबोन अध्यक्ष चयन प्रक्रिया, को बन्लान् ?

काठमाडौँ । झन्डै ६ महिना चलेको लामो रस्साकस्सीपछि सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष चयन प्रक्रिया अघि बढेको छ । सत्तारुढ गठबन्धनमा नै खटपट आउने जोखिम बढेपछि अन्ततः अर्थ मन्त्रालयले सेबोन अध्यक्ष चयन प्रक्रिया अघि बढाएको हो ।
सेबोनको अध्यक्ष बन्ने दौडमा ५ जना छन् । यीमध्ये तीन जनाको नाम छनौट गरेर मन्त्रीपरिषद्को बैठकमा पेस हुन्छ । जसबाट १ जनाको नाम छानेर बोर्डको जिम्मेवारी दिइन्छ । अध्यक्षको दौडमा चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की, सन्तोष नारायण श्रेष्ठ, डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ छन् ।
सत्तारुढ दलहरू नेकपा माओवादी र नेकपा एमालेले यी पाँच प्रतिस्पर्धीमध्ये फरक–फरक व्यक्तिलाई बोर्डको अध्यक्ष बनाउने अडानमा थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै हालतमा आफूले चाहेको व्यक्तिलाई बोर्ड अध्यक्ष बनाउन जोड बल गरिरहेका छन् ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले समेत आफूले चाहेका व्यक्तिलाई नै बोर्ड अध्यक्ष बनाउने चाहना नछाडेपछि रस्साकस्सी लम्बिएको थियो । प्रधानमन्त्रीको चाहनाअनुरूप ओलीले चाहेका व्यक्तिलाई बोर्ड अध्यक्ष बनाउन अर्थमन्त्री वर्षमान पुन तयार नहुँदा लामो समय अध्यक्ष चयन प्रक्रिया रोकियो ।
तर, यही विषय लम्बिएर गठबन्धन नै समस्यामा पर्ने भएपछि अन्ततः सरकार बोर्डको अध्यक्ष चयन गर्न राजी भएको हो । अर्थ मन्त्रालयका अनुसार आइतबार (असार २) बिहान ९ बजेदेखि प्रतिस्पर्धीबिच अन्तरवार्ता सुरु हुनेछ । राष्ट्रिय योजना आयोगको हलमा हुने अन्तरवार्ताबाट ३ जनाको नाम छानिने छ र मन्त्रीपरिषद्मा पेस हुनेछ ।
सो नामबाट सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकले बोर्डको अध्यक्षबारे निर्णय गर्नेछ । यससँगै २०८० पुस २१ गतेदेखि खाली बनेको बोर्डको अध्यक्ष पदले पूर्णता पाउने भएको छ । खास गरी सत्ताधारी दलबिच कसलाई बोर्डको अध्यक्ष बनाउने र नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे निर्णय गर्ने भन्ने लडाई छ । सोही कारण, बोर्डको अध्यक्ष छान्न लामो रस्साकस्सी भएको हो ।
स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले सन्तोष नारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउन चाहेका छन् । यसअघि ओली निकट मानिएका कृष्णबहादुर अधिकारी पाँच प्रतिस्पर्धीको सूचीमा नै परेका थिएनन् । प्रमुख पाँच प्रतिस्पर्धीको सूचीमा रहेका सन्तोष श्रेष्ठबाहेक अन्य ४ प्रतिस्पर्धी माओवादी निकट मानिने स्रोत बताउँछ । श्रेष्ठकांग्रेस निकट भए पनि ओलीले उनैलाई बनाउनुपर्ने अडान लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना