पार्टीलाई संगठनको आवश्यकता महसुस भयो : उपसभापति वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महसुस गरेको बताएका छन् । शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
वाग्लेले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको बताए । उनले पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उल्लेख गर्दै संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको समेत बताए ।
वाग्लेले भने, ‘पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ । अब कार्यकर्ता नै चाहिँदैन, पिओरली मासबेस पार्टी हो भन्ने एउटा विचारधारा पनि नभएको होइन । यसैले यी दुई एक्स्ट्रिमका बिच हामीले मिडल पार्ट बनाउनु पर्नेछ । संगठन चाहिँदो रहेछ भन्ने कुरा, काठमाडौँमा अलि सजिलो होला । तर अन्य जिल्लाहरुमा त्यो हामीले देखिसक्यौँ । तनहुँमै देख्यौँ, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौँ । संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो ।’
उपसभापति वाग्लेले रास्वपा अभियानको रुपमा अब अघि बढ्ने बताए । उनले रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनामंगलबाट लाखौँको धनमाल चोरी
-
वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गरिनुपर्छ : उपेन्द्र यादव
-
महिला संघमा चर्कियो विवादः माग पूरा नभए राजीनामा दिने २० केन्द्रीय सदस्यको चेतावनी
-
तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौँ : रोहित
-
रोल्पा र डोटीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
नेपाल–भारतबिचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह