ज्येष्ठ नागरिकहरुमाथि दुर्व्यवहारका घटना बढ्दै गएका छन् : आयोग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समय ज्येष्ठ नागरिकहरूमाथि दुर्व्यवहारका घटना बढ्दै गएको जनाएको छ । आयोगले ज्येष्ठ नागरिकहरूमाथि दुर्व्यवहारका घटना बढ्दै जानु दुःखद पक्ष रहेको समेत बताएको छ ।
शनिबार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै नेपालमा ज्येष्ठ नागरिकहरूमाथि हुने दुर्व्यवहारका प्रति २४ वटा घटनाहरूमा एउटा मात्र घटना कानुनी कारबाहीको दायरामा पुग्ने गरेको र बाँकी घटनाहरू मेलमिलाप र ढाकछोप गरिने तथ्याङ्कले न्यायमा पहुँच नपुगेको बताएका छन् ।
विज्ञप्तिमा ज्येष्ठ नागरिकहरूले पाउने स्वास्थ्य लगायतका सुविधाको प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताइएको छ । आयोगले ज्येष्ठ नागरिकहरूमा रहेको ज्ञान, सीप, अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न, ज्येष्ठ नागरिकको अधिकारको संरक्षण र संवर्द्धनका सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु