ठुला टोलीसँग अझ बढी खेल्न पाए सकारात्मक नतिजा हासिल गर्न सक्छौँ : कप्तान पौडेल

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सकारात्मक नतिजा हासिल गर्न आफ्नो टोलीलाई विश्वका ठुला भनिएका टोलीहरूसँग अझ बढी खेल्ने अवसर आवश्यक रहेको बताएका छन् । शनिबार दक्षिण अफ्रिकाविरुद्ध जितको नजिक पुगेर पनि पराजित भएपछि कप्तान पौडेलले सो कुरा बताएका हुन् ।
१ सय १६ रनको मध्य लक्ष्य पछ्याएको नेपाल लामो समयसम्म खेलमा दक्षिण अफ्रिकामाथि हाबी थियो । तर, ताब्राइज साम्सीले १८ औँ ओभरमा २ विकेट लिएपछि नेपाललाई धक्का लागेको थियो ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन चाहिएको थियो । तर, ओटनियल बार्टम्यानले त्यसलाई सफलतापूर्वक रक्षा गरे । अन्तिम बलमा नेपालले दुई रन बनाउन सकेको भए खेल जित्ने थियो। तर, नेपालले एक रन पनि लिन सकेन । एक रन लिन सकेको भए पनि खेल सुपर ओभरमा जाने थियो ।
‘हामीले जसरी बलिङ र ब्याटिङ गर्यौँ, म मेरो टोलीबाट गौरवान्वित छु,’ पौडेलले खेलपछि भने, ‘हामी धेरै नजिक पुगे पनि केही टाढा नै रह्यौँ । तर, हामीले जसरी लड्यौँ, त्यो राम्रो थियो । हामीले नियमित रूपमा ‘एक्सपोजर’ पायौँ भने अर्को खेलमा हामी (नतिजाको) अर्को साइडमा हुनेछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
-
सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो
-
बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड
-
२६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
-
कांग्रेस फकाउँदै ओली, गगन–शेखरको ‘प्रेसर’ देउवालाई भारी
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’