अमेरिका सुपर ८ मा, पाकिस्तान बाहिरियो

काठमाडौँ । टी–२० विश्वकपमा अमेरिका र आयरल्याण्डको खेल वर्षाका कारण रद्द भएको छ । दुवै टोलीले एक–एक अङ्क पाएका छन् ।
यस्तो अवस्थामा समूह ‘ए’ बाट आयोजक अमेरिकी टोली सुपर–८ मा छनोट भएको छ भने २००९ को च्याम्पियन पाकिस्तान लिग चरणबाटै बाहिरिएको छ । सुपर ८ मा पुगेर अमेरिकाले सन् २०२६ मा भारत र श्रीलंकाको आयोजनामा हुने टी-२० विश्वकपका लागि पनि छनोट भएको छ ।
खेल शुक्रबार राति ८ बजेबाट फ्लोरिडाको लडरहिलमा खेल्ने भनिएपनि खेलअघि नै पानी पर्न थाल्यो । केही बेर वर्षा रोकिएपछि अम्पायरले तीन पटक मैदानको निरीक्षण गरेका थिए । अन्ततः आउटफिल्ड भिजेको कारण खेल रद्द गर्ने निर्णय गरियो।
यो खेलबाट अमेरिकाले एक अङ्क जोड्दै टोलीको कुल ५ अङ्क भएको छ । योसँगै टोलीले सुपर–८ मा स्थान पक्का गरेको छ । किनभने, अब पाकिस्तानले अर्को खेल जितेर पनि ४ अङ्क मात्र पुर्याउन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट