९ घण्टाको उडानका बाबजुद यात्रु जहाँबाट उडेका थिए, त्यहीँ ओर्लिए
काठमाडौँ । ९ घण्टा लामो उडानपछि विमान अवतरण गर्दा तपाईंले आफूलाई जहाँको त्यहीँ पाउनु भयो भने कस्तो लाग्छ ? ब्रिटिश एयरवेजका यात्रीले यही नियति झेल्नु परेको छ ।
सोमबार बिहान स्थानीय समयानुसार ९ः२७ मा लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको होस्टन, टेक्सासका लागि उडेको विमान करिब १० घण्टाको यात्रापछि गन्तव्यमा अवतरण गर्नुपर्ने थियो । विमानले ९ घण्टाभन्दा बढी समय आकाशमै बितायो तर अवतरण भने जहाँबाट उडान भरेको थियो, त्यही विमानस्थलमा भयो । यस क्रममा विमानले ७ हजार ७७९ किलोमिटर यात्रासमेत गरेको थियो ।
ब्रिटिश एयरले यसबारे जानकारी दिँदै केही प्राविधिक कठिनाइका कारण विमानलाई आधा बाटोबाटै लण्डन फर्काउनु परेको जनाएको छ । उसले यात्रुमा पर्न गएको असुविधाप्रति माफी मागेको छ । एयरलाइन्सले उक्त विमानका यात्रीका लागि अर्को उडान उपलब्ध गराएको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’मा ‘दसैँ आयो’ले जित्यो १ लाख पुरस्कार
-
यस वर्षको नोबेल पुरस्कार, अमेरिकी खुला बजार नीति परित्यागको पक्षमा
-
भूल भुलैयाले कमायो २५० करोड
-
कीर्तिपुरको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने
-
नेपाल र फिनल्याण्डबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर
-
‘डोरी’को शुभ–मुहूर्त