बागमतीको आर्थिक सर्वेक्षण संसद्मा प्रस्तुत
हेटौँडा । बागमती प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक सर्वेक्षण प्रस्तुत भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।
उनले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा बागमती प्रदेशको वृद्धिदर ३.९६ प्रतिशत रहने अनुमान रहेको छ । उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन २० खर्ब ७४ अर्ब २७ करोड रुपैयाँ रहने अनुमान रहेको छ । जुन नेपालको नेपालको कुल गार्हस्थ्य उत्पादन रु. ५७ खर्ब ४ अर्ब ८४ करोड रुपैयाँको (३६.३६ प्रतिशत) हो ।
प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ७७.४ प्रतिशत, कृषि क्षेत्रको योगदान १२.० प्रतिशत र उद्योग क्षेत्रको योगदान १०.६ प्रतिशत रहने अनुमान गरिएको मन्त्री थपलियाले बताए ।
उनका अनुसार उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धिमा प्रदेशको हिस्सा ३६.२ प्रतिशत र राष्ट्रिय कृषि उत्पादनमा बागमती प्रदेशको हिस्सा १७.१ प्रतिशत रहेको छ । बागमती प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २ हजार ४ सय ८४ अमेरिकी डलर रहने अनुमान छ ।
सार्वजनिक खर्च बढ्दो
आर्थिक सर्वेक्षण अनुसार बागमती प्रदेश सरकारको सार्वजनिक खर्च बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो वर्षको तुलनामा खर्च ३५.३४ प्रतिशतले वृद्धि भएको थियो भने २०७७/०७८ मा २७.३६ प्रतिशत, २०७८/०७९ मा ६.७३ प्रतिशत र २०७९/०८० मा २३.३४ प्रतिशतले वृद्धि भएको मन्त्री थपलियाले बताए ।
प्रदेश
आर्थिक वर्ष २०८०/०८१ को फागुन मसान्तसम्म बागमती प्रदेश सरकारको कुल खर्च १६ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ (२६.५१ प्रतिशत) रहेको छ । जसमा चालु खर्च ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ (३३.१० प्रतिशत) र पुँजीगत खर्च ७ अर्ब ८७ करोड ७५ लाख (२२.०२ प्रतिशत) रहेको छ ।
आर्थिक सर्वेक्षण अनुसार बागमती प्रदेशको निरपेक्ष गरिवीको रेखामुनि रहेको जनसङ्ख्या १२.५९ प्रतिशत र बहु आयामिक गरिबीमा रहेको जनसङ्ख्या ७ प्रतिशत रहेको छ ।
प्रदेशमा गरिबिको विषमता २.६४ प्रतिशत, गरिबिको गहनता ०.८९ प्रतिशत र गरिबिको फैलावट १२.६८ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । बागमती प्रदेशको बेरोजगारी दर ५.८४ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता