अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको मिति हेरफेर, विधान अधिवेशन हटाइयो

काठमाडौँ । अखिल क्रान्तिकारीले मंसिरको अन्तिम साता गर्ने भनिएको २३ औँ राष्ट्रिय सम्मेलन असोजको पहिलो सात गर्ने निर्णय गरेको छ । शुक्रबार प्रज्ञा भवन कमलादीमा बसेको क्रान्तिकारीको केन्द्रीय समितिको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णय उल्टाएको हो ।
साथै बैठकले असोजमा गर्ने भनिएको विधान अधिवेशन हटाएको उपाध्यक्ष केशव रावलले जानकारी दिए ।
‘अन्य निर्णय यथावत् राखेका छौँ । राष्ट्रिय सम्मेलन मात्र असोजमा सारेको हो । सम्मेलन असोजको पहिलो साता गर्ने निर्णय भएको छ । स्थान र मिति तोकिएको छैन । यस्तै असोजमा हुने विधान अधिवेशन नहुने भएको छ’,रातोपाटीसँग उनले भने ।
यसअघि राष्ट्रिय सम्मेलन मंसिरको २५, २६ र २७ र विधान अधिवेशन असोज २१ र २२ मा गर्ने निर्णय भएको थियो । बैठकमा अधिकांश सदस्यले असोजमा गर्नुपर्ने सुझाव दिएकाले समय तालिका हेरफेर गरिएको रावलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री
-
२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत
-
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार
-
वैदेशिक रोजगार विभागका महानिर्देशक खत्री मन्त्रालय तानिए, भुसाल गए
-
ऊर्जा क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सकिन्छ : मन्त्री खड्का
-
शिक्षकहरूका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री