आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन
शुक्रबार, ३२ जेठ २०८१, १९ : ५५
![आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन](https://npcdn.ratopati.com/media/news/home-ministry_5UDsrvYBHg.jpg)
काठमाडौँ । गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि वार्ता समिति गठन गरिएको उनको सचिवालयले जनाएको छ । उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक नीरञ्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने सदस्य रहने गरी समिति गठन गरिएको हो ।
समितिले खानसँग सम्पर्क गरी शनिबार नै वार्ता गर्ने तयारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजै खानसँग भेटघाट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता अभ्यासका लागि राजेन्द्र महतोले गठन गरे नेवा: राष्ट्रिय परिषद्
-
पक्राउ पुर्जी जारी भएपछि के भने सोनु सूदले ?
-
च्याम्पियन्स ट्रफीअघि न्युजिल्याण्डका फर्गुसन घाइते
-
प्रदेशको बजेट खर्च : ६ महिनामा १६ प्रतिशत
-
‘नेपालले परराष्ट्र नीति परिमार्जन गर्नुपर्छ’
-
ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन् : माधव नेपाल