माओवादीको कारबाहीमा परेका मन्त्री देवकोटा सर्वोच्च अदालत जाने

पोखरा । नेकपा माओवादी केन्द्रको सिफारिसमा कारबाहीमा परेका गण्डकी प्रदेशका ऊर्जामन्त्री तथा नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालत जाने बताएका छन् ।
गण्डकी प्रदेश सभाबाट निलम्बनमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले कारबाहीविरुद्ध सर्वोच्च जान कागजात तयार गरिरहेको बताए । देवकोटाले माओवादीको कारबाहीले आफू आश्चर्यमा परेको बताएका छन् । उनले सबै खालको प्रतिवाद गर्ने पनि चेतावनी दिए ।
जेठ २८ गते देवकोटाले माओवादी संसदीय दलको ह्विप उलङ्घन गरी मुख्यमन्त्री सुरेन्द्रकुमार पाण्डेलाई विश्वासको मत दिएका थिए । ह्विप उलङ्घनको आरोपमा माओवादीले देवकोटालाई बिहीबार स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै शुक्रबार बिहान देवकोटालाई कारबाही गरेको सूचना माओवादी संसदीय दलले संसद् सचिवालयमा जानकारी गराएको थियो । सोही पत्रको आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पदमुक्त भएको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीहरूको प्रदर्शनबाट विचलित भएको छैन : प्रचण्ड
-
काठमाडौँमा दिनदहाडै चोरी
-
अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुले स्ववियु पदाधिकारीको टुंगो लगायो
-
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
-
गृह मन्त्रालयमा एक सहसचिव र तीन उपसचिव कानुनविपरीत जगेडामा
-
प्लानिङ ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज क्लब विजयी