बालेनलाई खुलापत्र !
आवास गृहका ट्वाइलेटलाई अनिवार्य रूपमा सेफ्टीट्याङ्कीमा जोड्ने
नगरप्रमुख बालेन शाहज्यू !
काठमाडौँ महानगरपालिका, काठमाडौँ ।
तपाईंलाई यो खुलापत्र बागमती नदीको अवस्थालाई लिएर लेख्दै छु । हुन त तपाईं काठमाडौँ महानगरपालिकाको मात्र प्रमुख (मेयर) हुनुहुन्छ । बागमती नदी र यसका सहायक नदीहरू काठमाडौँ लगायत ललितपुर र भक्तपुरका नगरपालिकाबाट पनि बहन्छन् । जस्तै : विष्णुमती, मनोहरा, गोदावरी, हनुमन्ते आदि ।
यो खुलापत्रमा काठमाडौँका अरू नगरपालिका, ललितपुर र भक्तपुरका नगरपालिकालाई सम्बोधन नगरी केवल तपाईंलाई मात्र सम्बोधन गरी लेखेको छु । यसो गर्नुको खास कारण के हो भने तपाईंले पार्टी रिझाउनुपर्दैन, तपाईं युवक हुनुहुन्छ र गर्नुपर्ने कुरा तपाईंले आँटेपछि दृढताका साथ गरेरै छाड्नुहुन्छ । तपाईंले गरेको काम अरू नगरपालिकालाई नमुना, उदाहरण र पथ–प्रदर्शक पनि हुन आउँछन् । धेरै कारणले ढलमती बनेको बागमतीलाई अरूले सफा गर्न प्रयास गरेका थिए तर सकेनन् । बागमतीलाई तपाईंले सफा बनाउन सक्नुहुन्छ भन्ने विश्वासमा यो खुलापत्र लेखेको हुँ ।
सन् २०२४ जुन ५ मा नेपालमा पनि विश्व वातावरण दिवस मनाइरहँदा तपाईं, हामी र सारा विश्वले नै देखेको कुरा हो कि हाम्रो बागमती नदी ढलजस्तै दुर्गन्धित बनेर बहिरहेको छ । यहाँ खतरनाक फोहोरदेखि केमिकल र के के सबै चिज बहिरहेको पाइन्छ, नदी भन्नै सुहाउँदैन ।
एउटै मात्र काम गर्न सक्नुभयो भने बागमती ७५–८० प्रतिशत सफा हुन्छ भन्ने मेरो सामान्य आकलन हो । त्यो काम हो— काठमाडौँ महानगरपालिकाका सम्पूर्ण सार्वजनिक, व्यक्तिगत र सामूहिक आवास गृहका ट्वाइलेटलाई अनिवार्य रूपमा सेफ्टीट्याङ्कीमा जोड्ने ।
यो बागमती नदी सफा गर्न धेरै पहिलादेखि धेरै सामाजिक अभियन्तादेखि सामाजिक सङ्घ–संस्थाले काम गरे । सरकारले बागमती सफाइका लागि अधिकार सम्पन्न बागमती सभ्यता आयोजना नै स्थापना गरेको धेरै वर्ष भयो । त्यसले करिब ३०–३५ अर्ब पैसा खर्च गरिसक्यो तर बागमती उस्तै ढलमती भइरहेको छ । ती अभियन्ता, संस्था र आयोजनाको काम नदीमा ढल मिसिइसकेपछिको हो । ढल मिसिइसकेपछि केवल किनारामा सफा गरेर मात्र नदी सफा भएन । नदी सफा हुन त नदीमा ढल मिसिनै दिन हुँदैन, तब मात्र नदी सफा रहन्छ ।
यो बागमती सफा राख्न तपाईंले एउटै मात्र काम गर्न सक्नुभयो भने बागमती ७५–८० प्रतिशत सफा हुन्छ भन्ने मेरो सामान्य आकलन हो । त्यो काम हो— काठमाडौँ महानगरपालिकाका सम्पूर्ण सार्वजनिक, व्यक्तिगत र सामूहिक आवास गृहका ट्वाइलेटलाई अनिवार्य रूपमा सेफ्टीट्याङ्कीमा जोड्ने । यो महानगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने नै काम हो । बागमती यस्तो ढलजस्तो फोहोर हुनुको मुख्य कारण नै ट्वाइलेटसहितका ढल बागमतीमा गएर मिसिनु नै हो । बागमती काठमाडौँ महानगरपालिका भएर बहेको छ र काठमाडौँमा धेरैभन्दा धेरै जनसङ्ख्या वा जनघनत्व छ ।
यसैगरी खतरनाक फोहोरहरू, रङ्ग्याउने केमिकल लगायत अन्य यावत् वस्तु गएर नदीमा मिसिएका छन् । यी सारा कुरा र कारणमा तपाईं स्वयं नै जानकार हुनुहुन्छ । मैले त यहाँ यी कुरा चिठीको बेहोरा मिलाउन र पुर्याउन मात्र लेखेको हुँ ।
यो समस्या समाधानका लागि तपाईं र महानगरपालिकाले माथि उल्लेख गरिएको ‘काठमाडौँ महानगरपालिकाका सम्पूर्ण सरकारी, व्यक्तिगत र सामूहिक आवास गृहका ट्वाइलेटलाई अनिवार्य रूपमा सेफ्टीट्याङ्कीमा जोड्ने’ व्यवस्था लागु वा कार्यान्वय गर्नु नै हो । यो काम लागु गर्नका लागि मेरो विचारमा निम्न लिखित काम बुद्धिमताका साथ संस्थागत र कानुनी रूपले ढङ्ग पुर्याएर गर्नुभयो भने सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु ।
१) व्यक्तिगत वा सामूहिक सबै घरले अनिवार्य रूपमा सेफ्टीट्याङ्की बनाई ट्वाइलेट जडान गर्नुपर्ने भन्ने प्रचार–प्रसार र उत्प्रेरणाको काम गर्ने ।
२) सेफ्टीट्याङ्की बनाउन प्राविधिक तथा अन्य सहयोग वडा कार्यालयले उपलब्ध गराउने ।
३) सेफ्टीट्याङ्की बनाई प्रयोग गरेका घरहरूको सूची प्रकाशित गर्ने र उनीहरूको प्रशंसा गर्ने ।
४) घरको बहालकर, सम्पत्तिकर बुझाउनुपर्दा वा अन्य कुनै काम वा सिफारिस लिन आउँदा अनिवार्य रूपमा सेफ्टीट्याङ्की बनाई प्रयोग गरेको हुनुपर्ने ।
५) नयाँ घर बनाउँदा अनिवार्य सेफ्टीट्याङ्की बनाउनुपर्ने । नत्र अन्तिम जाँच पास नहुने व्यवस्था लागु गर्ने ।
६) पुरानो घर खरिद–बिक्री गर्दा गरिने सिफारिसमा अनिवार्य रूपमा सेफ्टीट्याङ्की बनाई प्रयोग भएको हुनुपर्ने ।
७) सेफ्टीट्याङ्की नबनाएको घरको फोहोर सङ्कलन नगर्ने ।
८) सेफ्टीट्याङ्की अनिवार्य रूपमा बनाए वा नबनाएको प्रत्यक्ष अनुगमन गर्ने ।
९) सार्वजनिक ट्वाइलेट व्यवस्थापनका लागि घर बहालकरमा वातावरण कर पनि लगाउने र उठाउने ।
१०) सो कार्यका लागि नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानी जस्ता निकायसँग समन्वय गर्ने ।
११) सेफ्टीट्याङ्की बनाउने र प्रयोग गर्ने कार्यका लागि सामाजिक सुरक्षा कार्यक्रमसँग समन्वय गर्ने । सेफ्टीट्याङ्की नबनाएका घरका मानिसलाई अनिवार्य रूपमा बनाउन लगाएर मात्र वडाबाट त्यस्तो रकम उपलब्ध गराउन सिफारिस गर्ने, नत्र नगर्ने ।
१२) सार्वजनिक ट्वाइलेटमा पनि महानगरपालिकाले सेफ्टीट्याङ्की बनाउने र प्रयोग गर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत
-
१० बजे १० समाचार : कम्बोडियामा नेताहरुको लर्कोदेखि अर्को झमेलामा दुर्गा प्रसाईंसम्म