सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

आँप र केरा पकाउन रसायन प्रयोग नगर्न विभागको आग्रह

शुक्रबार, ३२ जेठ २०८१, १७ : १८
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आँप र केरा लगायतका फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) रसायनको प्रयोग नगर्न आग्रह गरेको छ ।

 हाल बजारमा नेपाली उत्पादन आउने समय भएकाले आँप र केरा लगायतका फलफूल पकाउन कार्वाइडको प्रयोग नगर्न आग्रह गरिएको हो । 

खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइडको प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएकाले सो नियम पालना गर्न विभागको सूचनामा उल्लेख छ । 

आँप/ केरा लगायतका फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड पाइएमा त्यस्ता फलफूल खरिद नगर्न, विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ । 

साथै फलफूल उपभोग गर्दा सफा पानीले राम्ररी पखालेर मात्र उपभोग गर्नसमेत आम नागरिकलाई विभागको आग्रह छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप