बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई गुनासो गर्न सकिने

शुक्रबार, ३२ जेठ २०८१, २१ : ०४
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । सेवाग्राहीले आफू बसेकै ठाउँबाट आफ्नो गुनासो अब  गृहमन्त्रीकहाँ गर्न पाउने भएका छन् । गृह मन्त्रालय मातहतका कार्यालयमा राखिने ‘क्युआर कोड’ स्क्यान गरेर सेवाग्राहीले आफ्नो गुनासो राख्न पाउने प्रणाली विकास गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । 

मन्त्रालय समालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन् । मातहतका निकायहरूमा ‘गृहमन्त्रीलाई भन्नुहोस्’ भन्ने सूचना सहितको क्युआर राखिने बताए । 

उनले भने– ‘देशभरि क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई भन्नुहोस् भन्ने सूचना सहितको क्युआर मार्फत सोझै मन्त्रीलाई आफ्ना कुरा भन्न पाइन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप