सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू

काठमाडौँ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको छ ।
गृह मन्त्रालयभित्र परीक्षणको रूपमा लागू गरेर अहिले सिंहदरबारस्थित सबै निकायमा लागू गरिएको मन्त्रालयमा कार्यरत सूचना प्रविधि निर्देशक सुस्मा श्रेष्ठले जानकारी दिइन् । एकीकृत अभिलेख प्रणाली व्यवस्थित गरेर मन्त्रालयले ई–गेट पास प्रणाली लागू गरेको छ ।
सिंहदरबार प्रवेश गर्न चाहनेले सम्बन्धित निकायमा अनुरोध गरेपछि पास स्वीकृत हुनसक्ने व्यवस्था छ । अनुरोध स्वीकृत भएपछि कोड देखाएर सेवाग्राही सिंहदरबार प्रवेश गर्न सक्नेछन् । गेटमा सुरक्षाकर्मीले क्युआर कोड स्क्यान गरेर प्रवेश दिन सक्ने श्रेष्ठले बताइन् । उनले भनिन्– ‘प्रयोजन खुलाएर सिंहदरबार पास डट जीओभी डट एनपीमा पास अप्लाइ गर्न सकिन्छ ।’
प्रवेश चाहनेले आइडी र फोटो अपलोड गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरको कर नीति प्रगतिशील छैन
-
नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना
-
फिल्म 'द्रौपदी'ले कर्णालीको मौलिक र विशिष्ट कथावस्तुलाई उठान गरेको छ : निर्देशक आचार्य
-
होलीमा अमर्यादित गतिविधि नगर्न रौतहट प्रशासनको आग्रह
-
साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
-
चर्चित उपन्यास ‘बसाइँ’का लेखक रहेनन्, शब्दचित्रमा लीलबहादुर क्षेत्री