राप्रपाका विभाग प्रमुखको जिम्मेवारी हेरफेर
शुक्रबार, ३२ जेठ २०८१, १५ : ४१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेका हुन् ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी पार्टी अध्यक्ष लिङ्देनले नै राखेका छन् ।
त्यस्तै संयोजित संगठन समन्वय विभागको प्रमुखको जिम्मेवारी प्रवक्ता गोपाल दाहाललाई दिएका अध्यक्ष लिङ्देनले सम्पर्क समाज समन्वय विभागको प्रमुखको जिम्मेवारी सह–महामन्त्री धन बहादुर बुढालाई दिएका छन् ।
युवा विभागको प्रमुखको जिम्मेवारी सह–महामन्त्री प्रकाश रिमालले पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स, फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब
-
विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुट्यो
-
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
-
फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी
-
बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने
-
बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित