आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय
कूटनीति

नेपालमा चिनियाँहरूको उच्चस्तरीय भ्रमण : को-को आउँदैछन् ?

शुक्रबार, ३२ जेठ २०८१, २२ : ३२
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । चिनियाँ जनराजनीतिक परामर्श दातृ राष्ट्रिय सम्मेलनका उपाध्यक्ष बाटेर नेपाल भ्रमणमा आइपुगेका छन् । शुक्रबार उनी कतार हुँदै नेपाल आइपुगेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका बाटेरले नेपालमा उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै चीनका विदेश सचिव क्वी यु पनि नेपाल भ्रमणमा आउन लागेका छन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी नेपाल भ्रमणमा आउने निश्चित भइसके पनि समय तालिका सुनिश्चित भइसकेको छैन । उनको नेपाल भ्रमण सकिएलगत्तै चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री पनि नेपाल भ्रमण आउने श्रोतले बताएको छ । 

केही दिनअघि चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेङ पनि नेपाल भ्रमणमा आएका थिए । उनले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप