कति इजरायली बन्दी जीवित छन् भन्ने हमासलाई पनि छैन थाहा

गाजा । गाजामा हमासको कब्जामा करिब १२० जना इजरायली बन्दी रहेको अनुमान गरिएको छ ।
यी बन्दीहरूको भविष्य इजरायल र हमासबीचको रक्तपातपूर्ण युद्ध अन्त्यका लागि हुने कुनै पनि सम्झौताका लागि महत्त्वपूर्ण छ । तर हमासका एक शीर्ष अधिकारीले भने कसैलाई पनि इजरायलबाट बन्धक बनाएर ल्याएका मध्ये कति जना बन्दी अब जिउँदो छन् भन्ने थाहा नभएको बताएका छन् ।
यी बन्दीहरूलाई रिहा गर्ने सर्तसहितको कुनै पनि सम्झौतामा स्थायी युद्ध विराम र गाजाबाट इजरायली सेना पूरै फिर्ता गर्नु पर्ने बुँदा समावेश गर्नु पर्ने हमासका प्रवक्ता तथा राजनीतिक विभागका सदस्य ओबामा हमदानले भनेका छन् ।
वार्ताको साँचो हमासको हातमा रहेको अमेरिकाको विश्वास छ । अमेरिकाले इजरायलमाथि पनि युद्ध विरामको प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेको छ । युद्ध विरामको मामिलामा मोल मलाई रोक्नै पर्छ भनेर अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले बिहीबार बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता