मनसुनजन्य विपतमा पनि सरकार नारा र निर्देशनमा अल्मलियो : सांसद केसी

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औँ स्थानमा रहेको भन्दै जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गरेका हुन् ।
विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र चार लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको उनले बताए । ‘कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको छ । सरकारले विपद् जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गरोस्,’ उनले भने ।
भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी पहिरो, चट्याङले ठुलो क्षति पुर्याएको उनले बताए । आगलागीबाट प्रत्येक वर्ष दुई अर्बभन्दा बढीको नोक्सानी र सयौँ नेपालीले ज्यान गुमाउनुपरेको सांसद केसीको भनाइ छ ।
‘पहिला भएका घटनाको अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन भने सरकार युद्धस्तरमा आउनुपर्ने हो त्यसरी आउन सकेको छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने
-
कपिलवस्तु ११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकपको उपाधि
-
शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक
-
काठमाडौँ निरन्तर विश्वका प्रदूषित सहरको सूचीमा, जोगिन के गर्ने ?