अमरेशले संसद्मा सञ्चार र खानेपानी मन्त्री खोजेपछि...

काठमाडौँ । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेटमाथिको छलफलमा विभागीय मन्त्री बैठकमा उपस्थित नभएको भन्दै मन्त्रीविना छलफल अघि बढ्न नसक्ने बताएका छन् ।
शुक्रबार आर्थिक वर्ष २०८० र ०८१ को मन्त्रालयगत बजेटमाथि छलफलको कार्यसूची थियो । जसमा वन मन्त्रालय, पर्यटन तथा संस्कृति, खानेपानी र सञ्चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै थियो ।
सभामुखबाट बजेटमाथि छलफलका लागि समय लिएर रोष्ट्रममा पुगेका अमरेशकुमारले सञ्चारमन्त्री रेखा शर्मा र बन र खानेपानी मन्त्री राजेन्द्र राईलाई बैठकमा नदेखेपछि छलफल अघि बढ्न नसक्ने बताए ।
‘यहाँ खानेपानी र सञ्चारमन्त्री देखिनुभएको छैन । मन्त्री नभई कसरी छलफल हुन्छ ? कि चारमध्ये २ मन्त्रालयको छलफल छाडौँ’, सिंह यति भनेर रोकिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले वक्ता सिंहलाई एकछिन रोष्ट्रममै रोकिन आग्रह गरे । उनले मन्त्रीहरू संसद्मै रहेको भन्दै बैठक स्थलमा आउन निर्देशन दिए । ‘मलाई जानकारी भएसम्म मन्त्रीहरू यहीँ कतै हुनुहुन्छ, बाहिर नअल्मलिकन भित्र आइदिनुस्’, सभामुखले निर्देशन दिए ।
त्यसपछि कांग्रेस सांसद रमेश लेखक केही बोल्न खोजे । त्यो देखेर सभामुखले लेखकलाई बोल्न समय दिए ।
‘एउटा समस्या भइरहेको छ । ५–६ घण्टा हामी छलफल गर्छौ, कि यो नियमावली संशोधन गरौँ ? कि आलोपालो गरौँ । मन्त्री अनुपस्थित हुने अनि माननीयले सजाय पाउनुपर्ने यो उल्टो भयो’, लेखकले प्रस्ताव गरे ।
त्यसपछि सभामुखले परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए । ‘यस्तो परिस्थिति अन्त्य गर्न सबै माननीय सदस्यहरूले के गर्नुपर्छ सबैको सहयोगको अपेक्षा गर्दछु’, सभामुखले यति भन्दाभन्दै मन्त्रीहरू बैठक स्थलमा प्रवेश गरे । त्यसपछि सिंहले आफ्नो धारणा राख्न सुरु गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर
-
त्रिवि केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने
-
१० बजे १० समाचार : आईजीपीसहित ९ उच्च प्रहरी अधिकारी सेवा निवृत्त हुँदै, प्रचण्डको फोटो जलाएका निराजन रिहा
-
वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडक खण्डमा टाँगा चलाउन पाइने
-
टोखामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु