बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

आज फेरि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक

शुक्रबार, ३२ जेठ २०८१, १२ : १९
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार थप ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको बैंकले लगत्तै दुई दिनमा ६५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । निक्षेपको तुलनामा बैंकहरुले कर्जा लगानी गर्न नसक्दा तरलता थुप्रिएको छ ।  गत जेठ २४ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कूल ६२ खर्ब ३१अर्ब निक्षेप संकलन गर्दै यता ५१ खर्ब ३३अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । 

समीक्षा अवधिमा ८०.२० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । बैंकहरुसँग प्रयाप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २.९५प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२१ प्रतिशतमा खुम्चिएको छ ।

जसले गर्दा पनि राष्ट्र बैंकले पछिल्ला दिनहरुमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन पत्र खरिद गर्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप