मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा भत्ता लिन ज्येष्ठ नागरिकले सास्ती पाए : सांसद रायमाझी

शुक्रबार, ३२ जेठ २०८१, १८ : ०४
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ ।  प्रतिनिधि सभा सदस्य अम्मर बहादुर रायमाझीले सामाजिक सुरक्षा भत्ता लिन र नवीकरण गर्नका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि ज्येष्ठ नागरिकले सास्ती पाएको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद रायमाझीले राष्ट्रिय परिचय पत्रका लागि ज्येष्ठ नागरिक जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा जान बाध्य भएको बताए देशका दुरदराजका असक्त ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिन अप्ठेरो परिरहेको बताउँदै स्थानीय तहबाट प्राप्त हुने सुविधालाई विना तयारी इलाका र जिल्ला प्रशासन कार्यालय धाउनु परेको अवस्थाको हल गर्न आग्रह गरे । 

उनले आगामी आर्थिक वर्षका लागि अहिलेको समय अवधि लम्बाएर स्थानीय तहमा वडा तहमा पुगेर घुम्ती शिविर सञ्चालन गरेर राष्ट्रिय परिचय पत्र वितरण गर्ने काम अघि बढाउन माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप