बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गण्डकीका प्रदेशसभा सदस्य देवकोटा कारबाहीमा पर्दै

शुक्रबार, ३२ जेठ २०८१, १२ : ०५
शुक्रबार, ३२ जेठ २०८१

पोखरा । गण्डकीमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका नेसपा नेता तथा माओवादीका सांसद फणीन्द्र देवकोटा आजै निलम्बित हुने सम्भावना छ ।  शुक्रबार ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक यही विषयमा छलफल चलिरहेका कारण सुरु हुन ढिलाई भएको छ । 

संसद सचिवालयका एक कर्मचारीले उनको निलम्बन वा कारबाहीको पत्र सभामुखको रिडिङ पेपरमा भने नभएको बताएका छन् ।  यद्यपी माओवादीले चाहिँ देवकोटाको आजै कारबाही हुने र संसद सचिवालयमा जानकारी पुगिसकेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप