मिस माल्टाको टीम नेपाल भ्रमणमा आउने
काठमाडौँ । मिस माल्टाको टीम नेपाल भ्रमणमा आउने तय भएको छ । यही अगस्ट पहिलो साता मिस माल्टाको टीम एक साता भन्दा लामो समयका लागि नेपाल भ्रमणमा आउने निश्चित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए ।
उनले भने, ‘मिस माल्टाको टीम नेपाल भ्रमणमा आउने निश्चित भएको छ । यसबारे निर्णय भइसकेकाले अब हामी भ्रमणको ठोस तालिका बनाउन लागिपरेका छौँ ।’
नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्नेछन् । यस्तै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना छ ।
पर्यटन दूत भण्डारीकै सहजीकरणमा उनीहरु नेपाल भ्रमणमा आउन लागेको बताइएको छ । उसो त मिस माल्टाले आफ्नो आधिकारिक फेसबुक पेजमै नेपाल भ्रमण गर्न लागेकोबारे जानकारी गराइसकेको छ ।
जसअनुसार मिस माल्टाको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङसँग भेटवार्ता गर्नुका साथै मिस नेपाल आयोगसँग पनि विशेष भेटवार्ता गर्ने, मिस नेपालको ग्राण्ड फिनालेमा सहभागी हुने थारु कल्चरबारे अवलोकन गर्न चितवन जाने र स्थानीय परिकारहरुको स्वाद दिने उल्लेख गरिएको छ ।
नेपाली कामदारहरुको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिकै बीच मिस माल्टाको टोलीले गर्न लागेको भ्रमणले माल्टामा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटकहरु नेपाल भित्रने गरेका छन् । उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवालाहरुको भनाइ छ ।
‘मिस माल्टाको टोली नेपाल आउँदा वा घुम्दा माल्टाका मान्छेले नेपाल घुम्ने ठाउँ रहेछ भन्ने जानकारी पाउँछन् । यो हाम्रो लागि राम्रो पक्ष हो’, भण्डारीले भने, ‘त्यसमाथि उनीहरुलाई माल्टाका सबै मिडियाले फलो पनि गरिरहेका हुन्छन् । उनीहरुले नेपालबारे डकुमेन्ट्रीसमेत बनाउने तय भएको तथा मिडियाहरुमा भ्रमणबारे चासो हुने भएपछि स्वाभाविकरुपमा माल्टामा नेपालको पर्यटनको प्रमोट गर्न सकिन्छ ।’
स्मरण रहोस् मिस माल्टामा कोरियोग्राफरका रुपमा नेपाली सुजित बस्यालसमेत कार्यरत छन् । उनीबाटै मिस माल्टाको टीमले नेपालबारे चासो पाएसँगै भण्डारीले थप पहलकदमी लिँदै उनीहरुलाई नेपाल भ्रमणमा ल्याउन लागिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
-
पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते