बाढी पहिरोको चपेटामा परेको ताप्लेजुङमा उद्धार र राहतको व्यवस्था गर्न योगेश भट्टराईको माग

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्ला बाढी पहिरोको चपेटामा परेको भन्दै उद्धार र राहतको व्यवस्था गर्न माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले केही दिनदेखि परेको अविरल वर्षाले ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका वडा नम्बर २ मा खेजेनिममा पहिरोले घर बगाउँदा सोही गाउँपालिकाका उपाध्यक्ष विकास साम्बा लिम्बुका बुवा रामबहादुर लिम्बु, आमा जसमाया लिम्बु र ९ वर्षीया जुम्ल्याहा दिदीबहिनी गंगा जमुनाको दुःखद निधन भएको जानकारी गराए ।
यस्तै सोही वडामा योगेन सावाँ लिम्बु र उनकी ४ वर्षकी छोरी पनि शक्त घाइते भएको र उनीहरूको घरमा क्षति भएको जानकारी गराए ।
ताप्लेजुङ जिल्ला केही वर्षदेखि प्राकृतिक विपत्तिको जोखिममा पर्दै आएको उल्लेख गर्दै सम्बन्धित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा जनशक्ति कम रहेका कारण उद्धार गर्न कठिन रहेको र आगामी दिनमा प्राकृतिक प्रकोप हुने ठाउँमा एकीकृत वस्ति निर्माणको योजनालाई अघि बढाउन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
७४५ अलावी अल्पसंख्यकको ‘नरसंहार’पछि सिरियाली राष्ट्रपतिले गरे शान्तिको आह्वान
-
मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री चुनिए, ट्रम्पलाई दिए कडा जवाफ
-
इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन